प्रधानमन्त्रीलाई सन्तान लाभ
न्युजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा एर्डेनले ३७ वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी छिन् । आफ्नो पार्टनर क्लार्क गेफोर्डको साथमा बिहीबार बिहान अकल्याण्ड सिटी हस्पिटलमा डाक्टरले दिएको डेटभन्दा चार दिन पछि बच्चा जन्माएकी एडेर्नले आफ्नो बच्चाको लिंग भने सार्जजनिक गरेकी छैनन् ।
बच्चा जन्माउन केहि अघिसम्म पनि आफ्नो कामहरु गरिरहेकी जेसिन्डा पदमा रहेको बेला बच्चा जन्माउने न्युजिल्याण्डको पहिलो प्रधानमन्त्रीसमेत बनेकी छन् । अब भने उनले सुत्केरी बिदा लिने अपेक्षा गरिएको डेलिमेलडटकमले जनाएको छ ।