ठेकेदारको अचाक्ली

वस्ती उच्च जोखिममा

गुल्मी । रिडी तम्घास सडक खण्डको रिडीदेखि केहि माथी सडक चौडा पार्ने ठेकेदारले जस्तो अचाक्ली अन्य ठेकेदारहरुले विरलै गरे होलान् । दादागिरी शैलीमा गत ४ महिनादेखि सेना, प्रहरी र प्रशासनलाई समेत अटेरी गर्दै हटलाईन सडक मानिने तानसेन तम्घास सडक खण्डमा दैनिक ६ घण्टासम्म डोजर चलाएर जनताको आवत जावत गर्न पाउने अधिकार खोस्दै आएका त्यसका ठेकेदारको पछिल्लो अचाक्लीले झन् डरलाग्दो घटना घटेको छ । प्रदिप कण्स्ट्रक्सन रुपन्देहीका ठेकेदार कुन्दन भन्ने लोकबहादुर खत्रीको अचेक्लीले कसैको वास उठ्ने भएको हो भने कसैलाई जिवन मृत्युको दोसाँधमा पारेको हो ।
उनका कामदार र साईड ईन्जिनियरहरुले जथाभावी डोजर चलाएर छेउमा माटो थुपारे पछि अविरल वर्षाले त्यो माटो बगाएर तल रिडीका वासीन्दाको घर, गोठ शौचालय पुरेको छ । रिडीका डम्वरबहादुर थापा, प्रमोदजंग श्रेष्ठ र राधिका अधिकारीका परिवारजन वस्ने रिडी माविको हास्टेलमा बाढी पसेर घर भित्रका सारा सामाग्रीको क्षति भएको छ ।
असार २४ गते राती वाढी पसेपछि अर्को दिन गुल्मीका सिडिओ यदुनाथ पौड्याल , यहाँका सुरुक्षा निकायका प्रमुख पुगेका थिए । क्षतिपुर्ति दिलाउन र ति वस्तीको जोखिमको अवस्था बुझ्न पुगेका उनिहरुले क्षति त दिलाउने भए तर ईन्जिनियर र सुरक्षा निकायका विज्ञहरुले त्यस वस्तीलाई खतरामुक्त भनेर आए ।
असार २५ गते सम्म डोजर चलाउने त्यस पछि नचलाउने निर्देशन दिएर फर्किएका सिडिओलाई नटेरेर हो, वा भनसुन आएर हो । असार ३१ गते सम्म डोजर चलाईदै थियो ।
त्यस दिन विहान साढे ६ वजेदेखि डोजर चलाई रहँदा स्थानियहरु ढोका थुनेर चुलोमा काम गर्दै थिए । नचलाउन भनेर आग्रह गर्दा पनि अटेरी गरिदै थियो । असार मसान्तको पैसा सक्न सिडिओलाई समेत अटेर गरे वा उनीबाट पनि छुट पाए ।
भोलीको साउने संक्रान्ति मान्ने चहलपहल घरमा सुरु भईरहँदा विहान अवेर ८ वजेतिर उठेर पिसाब फेर्न शौचालय छिरेका थिए राधिका अधिकारीका १३ वर्षिय छोरा कृतार्थ अधिकारीलाई गर्लाम्गुर्लुम ढलेको शौचालयले पु¥यो ।
आमा.. भनेर अर्को पटक चिच्चाए, फेरी आमाले बावु… भनेर चिच्चाईन् । एक पटक हजुर.. भने त्यसपछि उनको वोली बन्द भयो । तत्काल रिडीमा प्राथमिक उपचार गराई पाल्पा मिशन अस्पतालले त्यहाँ उपचार सम्भव नभएको भने पछि पाल्पाकै प्रभास अस्पतालमा पुराईयो । लुम्विनी मेडिकल कलेज प्रभासमा उनि आईसियु कक्षमा जिवन मरणको दोसाँधमा छन् । उनको सिटीस्क्यान रिपोर्टमा टाउकोको हड्डी फुटेर ब्रेनमा असर परेको डाक्टरले बताएका छन् । तत्काल अप्रेशन गराईए पनि अहिले सम्म उनि अचेत छन् ।
छोरा चिच्चाएको स्मरण गर्दै आमाले डा“को छाडिन्
वावु त्यस दिन अवेर त्यस्तै ८ बजे उठ्यो र पिशाव फेर्न ट्वाईलेट भित्र पस्यो । छिर्न के पाएको थियो माथीबाट शौचालय ढल्यो । आमा.. भन्दै चिच्चायो । म पनि अत्ताालिदै बाबु.. भने । हजुर.. भन्दै थियो त्यस पछि अहिले सम्म आमा.. भनेर मेरो छोराले भनेको सुनेकी छैन । उनले डाँको छाड्दै भनिन् त्यही दुई पटक वोलेको आवाज कानमा गुञ्जि रहन्छ ।
२५ गते परराष्ट्रमन्त्री, सिडिओ, आर्मी पुलिसका ठुला मान्छे र ईञ्जिनियरहरु पनि अघिल्लो क्षतिको अवलोकन गर्न आएका थिए । घर गोठ र शौचालय खतरामुक्त छन् । डोजर चलाउन हुन्छ भन्दै गए ।
हामीलाई त्यति ठुला मान्छेहरुले जोखिम छ है भनि दिएको भए हामी घर छाड्ने थियौं । ट्वाईलेट प्रयोग पनि गर्ने थिएनौं उनले रुँदै भनिन् छोरा जिवनमरणको दोसाँधमा छ । कुनै सरकारी निकायका मान्छेहरु हेर्न आएका छैनन् ।
विदेश गएका वावु दुई दिनमै फर्किए
कृतार्थका वावु कुमार अधिकारी धन कमाउने सपना बोकेर कतार उडेका थिए । कतार पुगेर झोला कपडा मिलाउन नपाउँदै छोरा पुरिएको खवर पाए । कस्तो दुर्भाग्य ? ऋण काढेर कमाउन गएका उनि गएको दुई दिनमै घर फर्केका छन् ।
भावविह्वल उनि वोल्न खोज्दा गला अवरुद्ध पार्छन् । लाखौं ऋणको भारी बोकेर त्यहाँ पुगेका उनि आफन्त संग अर्को ऋणको भारी बोकेर फर्किनु परेको छ । जापानमा रहेका उनका दाजुभाई पर्ने टिका अधिकारी भन्छन् ठेकेदारको चरम लापर्वाही र प्रशासनको समेत हेलचक्राईले यति पिडादायी घटना घटेको हो ।
ठेकेदारको चरम लापर्वाही र प्रशासनको हेलचक्राई
त्यहाँको अवस्था गम्भीर लागेर असार २७ गते जिल्ला प्रशासनमा पुगेर यसै समाचारदाताले प्रमुख जिल्ला अधिकारीको ध्यानाकृष्ट गराएको थियो । उनले २५ गतेसम्म चलाउन भनेको त्यस पछि रोक्न भनेको बताउँदै थिए ।
ति पिडित परिवारलाई कुल क्षतिको ५० प्रतिशत रकम ठेकेदारबाट ब्यहोर्न लगाएर आएको हुँ, उनले भन्दै थिए २५ गतेसम्म त भनियो तर बर्षायामको वेला छ बाटो चाँडै सक्छ भने त एका दुई दिन गरोस् कि भन्ने लागेको छ ।’
वालक पुरिएको सम्वन्धमा जानकारी गराउँदा आफुले उसै दिन जानकारी पाएर उपचारका लागि पठाईएको उनले बताए ।
सडक डिभिजनलाई यति ठूलो घटना थाहै छैन
उक्त सडक निर्माणको रेखदेख गर्ने डिभिजन सडक कार्यालय पाल्पालाई पछिल्लो घटनामा परी घाईते भएका वालकको वारेमा थाहै छैन । डिभिजन प्रमुख ईञ्जिनियर वावुराम सापकोटाको ध्यानाकृष्ट गराउँदा उनले आफुलाई त्यसबारे थाहा नभएको बताए ।
पछिल्लो घटना त मिलाएर आएका हौं, उनले भने पछिल्लो घटनामा वालक घाईते भएको कुरा मलाई जानकारी नै गराईएको छैन, ति ठेकेदार र उनका सम्पर्क ब्यक्तिको फोन पटक पटक गर्दा पनि उठाईएको छैन । कति किलो मिटर हो ? कति लागतमा निर्माण हुँदै छ ? यो प्रश्नको जवाफ भने आफुले अफिस नगएसम्म दिन नसक्ने बताए । त्यस्तै तिन करोडमा बन्दै होला, उनले अनुमानित कुरा सुनाए ।
उनकै शव्दमा तिन करोडको हो भने त्यहाँ स्टिमेटको वोर्ड राख्न पर्ने कि नपर्ने ? ठाउँ ठाउँमा खतराको संकेत पनि गरिनु पर्ने कि नपर्ने ? तलबाट भलले खोलेर ढल्नै लागेको त्यो शौचालय २५ गते नै डोजर लगाएर ढलाई दिन पर्ने कि नपर्ने ? त्यस परिवारलाई प्रयोग नगर्नु भन्न पर्ने कि नपर्ने ? यी गम्भीर प्रश्नको जवाफ अव जनतालाई सरोकारवाला निकायले दिनै पर्छ ।