डिएलएको दशौँ अधिवेशनः रामचन्द्र र शशांक आमने-सामने

काठमाडौंः नेपाली कांग्रेस निकट प्रजातान्त्रिक वकिलहरुको संगठन नेपाल प्राजातान्त्रिक वकिल संगठन डिएलएको दशौँ अधिवेशन हिजोदेखि सुरु भएको छ ।

डीएलको नेतृत्वका लागि अध्यक्ष पदमा ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् जसमा रामचन्द्र पौडेलले सिताराम केसीलाई समर्थन गरेका छन् भने महामन्त्री डा. शशांक कोइरालाले केसीविरुद्ध केदार कार्कीलाई अघि सारेका छन् ।

महामन्त्री कोइरालाले अघि सारेका उम्मेदवार कार्कीलाई पार्टी सभापति शेरबहादुर देउवालेसमेत समर्थन गरेपछि पार्टीको भावी नेतृत्वको लागि पनि समिकरण फेरबदल हुने संकेत देखिएको छ ।

देउवाले पछिल्लो समय आफू आलेचित हुँदै गएकाले अबको नेतृत्व कोइरालालाई दिन खोेजेका हुन् कि भन्ने आशंका डिएलएको चुनावले गराएको छ ।

यता कृष्णप्रसाद सिटौला पक्षले पनि यो चुनावमा अध्यक्षका लागि रामकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । डिएलएकै नेतृत्वका लागि ससंदीय सचेतक सचेतक पुष्पा भुसालको समर्थनमा स्वर्गीय नेता खुमबहादुर खड्का पक्ष मानिने योगेन्द्र बहादुर अधिकारीले पनि उम्मेदवारी दिएका छन् भने स्वतन्त्र उम्मेदवारमा प्रह्लाद कार्कीले उमेद्धारी दिएका छन् ।

नवलपुरको गैँडाकोटमा सुरु अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ त्यसका लागि आज मतदानको कार्यक्रम रहेको छ । आज हुने चुनावको नतिजाले कांग्रेसको आगामी महाधिवेशनको समिकरण पनि अनुमान गर्न सकिन्छ ।