प्रियंकाले ‘भारत’ छोड्दा सलमान क्रुद्ध

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’ मा अभिनय नगर्ने बताएपछि खान क्रुद्ध भएका छन् । प्रियंकाले विवाहका लागि भारतमा अभिनय नगर्ने बताएकी थिइन् । तर भारतीय मिडियाले प्रियंकाले हलिवुडमा फिल्म पाएर बलिवुडको फिल्म छोडेको आरोप लगाएका छन् ।
सलमानले अबदेखि प्रियंकासँग फिल्म नगर्ने बताएको कुरा भारतीय मिडियाहरुले जनाएका छन् । भारतीय मिडियाका अनुसार सलमान खानकि बहिनी अर्पिताको कारण प्रियंका भारतमा थिइन् । सलमान खानसँग पनि यस अघि राम्रो सम्बन्ध नभएकी प्रियंका अर्पिताको कारण फिल्ममा इन्ट्री भएपनि उनले निजि कारण भनेर २ दिन फिल्मको सुटिंग गरेर फिल्म छोडेकी छन् ।
उक्त फिल्मका लागि प्रियंकाले १२ करोड पारिश्रमिक माग गरेकोमा सलमान दिन तयार पनि भएका थिए ।
‘भारत’का निर्देशक अली अब्बास जफरले शुक्रवार ट्वीट गर्दै प्रियंकाले भारत छोडेको जानकारी दिएका थिए । तर, यस विषयमा प्रियंकाको आमाको भनाइ सार्वजनिक हुन बाँकी नै छ ।
अमेरिकी गायक एवं नायक निक जोन्ससँग प्रेममा रहेकी प्रियंकाले विवाहको तयारी गरेको केही मिडियाले दावी गरेका छन् । जोन प्रियंका भन्दा १० वर्ष कान्छा छन् । केही महिना अघि मात्रै प्रियंकाकी आमाले आफ्नो लागि विदेशी ज्वाइँ अस्वीकार्य भएको प्रतिक्रिया दिएकी थिईन् ।