फलाएरै छाडे रिडीका युवाले बगरमा तरकारी

गुल्मी । गुल्मीको रिडी वजारमा यति बेला लटरम्म फलिरहेको तितेकरेलाहरु जुन देखिन्छ, त्यो स्थान गत माघ महिना सम्म बालुवा उडेर उभिनै नसक्ने वगर थियो । त्यति वेला सम्म त्यो स्थान गुल्मीको रिडी वजारको फोरह र अनावश्यक वस्तु मिल्काउने डम्पीङ्ग साईड थियो ।
जब गत माघे सक्रान्तिको साता ब्यापी रिडी मेला सकियो । तव रिडी बजारका केहि युवाहरुले त्यो स्टलका बाँस र जस्ता पाता दोहरो प्रयोग कसरी गर्ने ? भन्ने बारे विचार विमर्श गरे ।
रिडी वजारमा ठुलै ईलोक्ट्रोनिक पसल र त्यहाँका सभ्रान्त परिवार मध्येका एक भए पनि त्यहाँका युवा उजिर खान नयाँ नयाँ प्रयोगकको तरकारी खेत गर्नमा विगत लामो सयम देखि शौखिन ब्यक्ति हुन । यस अघि दुई तिन वटा तरकारी फम खोलेर अनुभव संगालेका उनले त्यस वगरमा पनि तरकारी फल्न सक्ने साथी भाई विच चर्चा चलाए । वर्षऔं अघि खोलाले नबगाउनु पुर्व त्यो वगर लहलह धान फल्ने खेत थियो ।
माथी पो वगर छ तल गहिराईमा पुग्ने हो भने त उर्वर भुमि नै छ भन्ने चर्चा ब्यापक रुपमा चलाए त्यहाँका १४ जना युवाले । त्यसका लागि सम्भवतः जिल्ला मै पहिलो पटक डोप खन्ने मेशिन भित्राए । त्यस मेशिनले तिते करेला रोप्ने डोव खन्न थालियो ।
माघेसक्रान्ति मेलामा प्रयोग भएका स्टलहरुका जस्तापाताहरुले कम्पाउण्ड बार बन्देज गरियो । त्यस कपाउण्ड भित्र वाँस गाडेर माथी छत समेत बाँस कै बनाईयो । त्यस मेशिनले वगरका धेरै तल रहेको तत्कालिन खेतको उर्वरभुमी सम्म डोवहरु बनायो ।
मान्छेका उर्वर खेत र वारी बाँझै भई रहेका वेला बुढापाकाहरुले उल्लाउन थाले युवाहरुलाई । ९ वर्ष सम्म वैदेशिक रोजकारको अनुभव संगालेका अर्का युवा प्रेम भण्डारीले मेशिन चलाएर डोव पार्न थाले करिव ४ सय बोट तिते करेलाका ।
भण्डारी भन्छन–‘ यो हाम्रो नौलो प्रयोग थियो । तर त्यति बेला धेरैले हामीलाई खिस्याए । बगरमा पनि खेती ? भनेर उल्लाए । तर उनिहरुले बालुवामा उम्रिदैन भन्थे उमारेरै छाड्यौं । फुल्दैन भन्दै फुलाएरै छाड्यौं र फल्दैन भन्थे फलाएरै छाड्यौं ।’
उनले थपे–‘ त्यस्तै ४, ५ क्विटल जति बेचि सक्यो र बेच्दै पनि छौं, अर्घानिक तितेकरेला भएकोले मुल्य पनिर रामै दिएका छन । आगमी माघ महिना पछि फेरी थप वगर विस्तार गर्ने सोचमा छौ ।’
ति १४ जना युवाहरु मध्येका उजिर खान भन्छन –‘हिजो डम्पीङ्ग साईडका रुपमा रहेको खाली वगर र माघे सक्रान्ति मेलाका बाँस र जस्ता पातको प्रयोग पनि भयो । टाईम पासका लागि क्यारम्वोट र तास खेल्ने युवाहरुले काम पाउँदा धेरै राम्रो भएको छ , हामी खुशी छौं यो नौलो प्रयोग सफल भएकोमा ।’
उनले डोव खन्ने उक्त मेशिना पनि जिल्लामा पहिलो पटक भित्रिएको र त्यसले धेरै छोटो खन्ने बताए .उनले सन्तोष ब्यक्त गर्दै भने –‘ करिव सवा लाख जति हामीले खर्च गरेका छौं । पहिलो सिजनमा घाटा नै परे पनि वगरमा तरकारी फलाउन सफल भएकोमा आनन्द मिलेको छ ।’
करिव ६ रोपनी क्षेत्र फलमा लहलह तितेकरेला फलेको देखेर हिजो खिस्याउने वुढापाकहरु प्नि अचम्वित हुँदै ठिकै गरेका रहेछन केटाहरुले भनेर भन्न थालेका छन ।
रुरु गाउँपालिका वडा नम्वर १ मा पर्ने रिडी बजारका युवाहरुले त्यसरी बगरमा तरकारी खेती गरेर देखाएकोमा त्यस गाउँपालिकाले उनिहरुलाई थप प्रोत्साहित गर्ने जनाएको छ । उनिहरुको त्यस कार्यलाई अन्य स्थानका युवाहरु पनि अवलोकनमा आई सह्राना र सहकार्य गर्ने बताएका छन ।