सरकारको प्रतिरक्षा गर भनेर उर्दी जारी गर्नु बिडम्बनाः कोइराला
बुटवल- नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले सरकारको प्रतिरक्षा गर भनेर उर्दी जारी गर्नु बिडम्बना भएको बताएका छन् ।
बुटवलमा आयोजित एक कार्यक्रममा कोइरालाले दुई तिहाइको समर्थन रहेको सरकार निरिह देखिएको सरकारले आफ्ना मन्त्री र सांसदहरुलाई भेलागराएर यसरी प्रतिरक्षा गर भनेर उर्दी जारी गर्नु बिडम्बनापूर्ण भएको बताएका हुन् ।
सुन काण्डको ठूलो माछा झै संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई अपहरणको शैलीमा उठाएको उनले बताउँदै उनले सरकार संविधान विपरित चल्न खोजेको आरोप लगाए ।