प्रदेश ७ः राजधानी र नामाकरणका लागि विशेष सुझाव समिति गठन

कैलाली- प्रदेश ७ को स्थायी राजधानी र नामाकरणको लागि बिशेष सुझाब समिति गठन गरिएको छ ।

गत महिना प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सभा संचालन भएको लामो समय बितिसक्दा पनि राजधानीको नाम र स्थानाबारे संसदमा छलफल नगरिएको भन्दै संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो ।

समितिमा संयोजक तारालामा तामाङ, प्रदेश सांसद बलदेब रेग्मी, श्यामलाल राना, प्रेमप्रकाश भट्ट र चुनकुमारी चौधरी सदस्य रहेका छन् । हाल प्रदेश ७ को अस्थायी राजधानी कैलालीको धनगढीलाई तोकिएको छ ।