राजपाको निर्णयः सरकारलाई दिएको निर्णय तत्काल फिर्ता नहुने
काठमाडौंः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने बताएको छ ।
राजपा नेता राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्था अहिले नै भइनसकेको बताएका हुन् ।
उनले भने, ‘सकारको समर्थन फिर्ता लिने विषयमा केही दिन कुर्ने र त्यो समय सम्म पनि सरकार संविधान संशोधनलगायत आफूहरुले राखेका माग सम्बोधन गर्ने अवस्थामा नआए सरकारबारे पुनर्विचार गर्न बाध्य हुन्छौं ।’
नेता महतोले संविधान संशोधन गर्ने आफूहरुको माग सम्बोधन गर्न सरकारले आलटाल गरे सरकारविरुद्ध सडक र सदन दुवै ठाउँबाट संघर्ष गर्न बाध्य हुने समेत चेतावनी दिएका छन् ।
सरकारले पार्टीका सांसद रेशमलाल चौंधरीलगायतका नेता, कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा अझै फिर्ता नलिएकोमा नेता महतोको असन्तुष्टि ब्यक्त गरेका थिए ।