संसदीय सुनुवाई समितिको बैठक सुरु

काठमाडौँ — प्रधानन्यायाधिसमा सिफारिस दीपकराज जोशीकोबारे निर्णय गर्न संसदीय सुनुवाई समितिको बैठक सुरु भएको छ ।

दुईपटक सम्म स्थगीत गरिएको समिति बैठक सिंहदरवारमा सुरु भएको हो ।

बिहीबारै जोशीको सुनुवाई सकिएपनि उनलाई अनुमोदन गर्ने कि नगर्नेबारे समितिले निर्णय सुनाउन सकेको थिएन । जोशीको प्रमाणपत्र र फैसलाहरु विवादमा परेको र समितिमा न्यायलयलाई कसरी अघि बढाउने भन्ने स्पष्ट योजना समेत पेश गर्न नसकेको भन्दै सांसदहरु असन्तुष्ट छन् ।