सरकारविरुद्ध राप्रपा प्रजातान्त्रिक पनि सडकमा आउने

सरकारविरुद्ध राप्रपा प्रजातान्त्रिक पनि सडकमा आउने काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पनि सरकारविरुद्ध सडकमा आउने भएको छ । पार्टीले अत्यधिक कर वृद्धि, महँगी, सरकारको निरंकुश शैली आदिको विरोधस्वरुप भोली (बुधबार) काठमाडौंमा प्रदर्शन र विरोध सभा गर्न लागेको हो। माइतीघर मण्डला, बबरमहल र बानेश्वरमा हुने विरोध प्रदर्शनको सभालाई पार्टीका अध्यक्ष पशुपतिशमशेर राणालगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।