सर्पले टोक्दा एक बालकको मृत्यु, एकको उपचार हुँदै

महोत्तरीः बर्दिबास नगरपालिका–२ मा रहेको सिद्धार्थ बोर्डिङ स्कुलको होस्टेलमा सर्पले टोक्दा एक बालकको ज्यान गएको छ ।

सोमबार राति सुतेकै ठाउँमा सर्पले डस्दा युकेजीमा अध्ययनरत कैलाली गोदावरी नगरपालिका–२ अत्तरीया घर भएका आठ वर्षीय दशरथ ऐरको ज्यान गएको हो ।

स्कुलको होस्टेलमा सुतेको बेला उनीसहित अर्का विद्यार्थीलाई पनि सर्पले डसेको थियो । सर्पले डसेपछि गम्भीर बनेका उनको उपचारका क्रममा बर्दिबासमा रहेको सर्पदंश उपचार केन्द्रमा लैजादै गर्दा मृत्यु भएको हो ।

दशरथसँगै सुतेका अर्का एक १५ वर्षीय विद्यार्थी आशीष ढकाललाई पनि सर्पले डसेको र उनको उपचार भइरहेको अस्पतालले जनाएको छ ।