बाबुले गरे १७ वर्षीय छोराको हत्या

काठमाडौँ- भक्तपुरको सानोठिमीमा बाबुले आफ्नै १७ वर्षीय छोराको हत्या गरेका छन्।

मङ्गलबार राति करिव १२ बजेतिर श्रीमतीसँगको विवादलाई मोरङको सुनवर्षी नगरपालिका स्थाई घर भएका ४० वर्षीय डिल्लीराम चापागाईँले १७ वर्षीय छोरा सागरको हत्या गरेका हुन्।

श्रीमतीसँगको विवादको कारण राति सुतिरहेका छोरालाई धारिलो हतियार प्रहार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

हत्यापछि बाबुले जिल्ला प्रहरी कार्यालयमा राति नै आत्मसमर्पण गरेका थिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।