लागूऔषध कारोबार गर्ने व्यक्ति पक्राउ
काठमाडौं- महानगरपालिका-२२ पुरानो नगरपालिका नजिकबाट लागूऔषधको कारोवार गर्ने दुई जनालाई ‘प्रेस’ लेखेको ज७ प १४०४ नम्बरको मोटरसाइकल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनुषा गणेशमानचारथान नगरपालिका-४ घर भई हाल सिनामंगल डेरा गरी बस्ने ३१ वर्षीय राजकुमार चौधरी र वसन्तपुर बस्ने ३२ वर्षीय मोहम्द शाहीद रहेका छन् ।
चौधरीलाई प्रहरीले लागूऔषध कोडाइन फोसफेट्सम डिप्लेक्स-डिसी ३५ बोतल, स्पासपोक्राम दुई ट्याब्लेट, इन्ट्रानेट २१ ट्याब्लेट, प्रेस लेखिएको ज७ प१४०७ नम्बरको मोटरसाइकल, नगद २५ हजार रुपैयाँ, ग्लोबल आईएमई बैंकमा विभिन्न मितिमा जम्मा गरेको ४ लाख १ हजार रुपैयाँका भौचरहरू र २ थान मोवाईल सहित प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले लागूऔषध काठमाडौं ल्याउदा भारतीय सीमा क्षेत्रबाट काठमाडौं आउने सवारी साधन मार्फत ल्याउने गरेको र लागूऔषध बिक्री बितरण गर्दा कसैले शंका नगरोस भन्नका लागि ‘प्रेस’ लेखिएका मोटरसाकल प्रयोग गर्ने गरेको खुल्न आएको छ ।