सभापति देउवाद्वारा जोशीको निधनप्रति दुःख व्यक्त

काठमाडौं- नेपाली कांंग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले शोक विज्ञप्तिमार्फत नेता जोशीको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलन र पार्टी संगठनमा जोशीले पुर्याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताएका छन् ।
विज्ञप्तिमा “उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु, साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु” उल्लेख छ । विसं २०३४ मा काँग्रेस बैतडी जिल्ला कार्यसमितिको सभापति रहनुभएका नेता जोशी २०४५ सालमा काँग्रेस केन्द्रीय सदस्य भएका उनको मंगलबार काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको थियो।