आजको राशिफल
मेष- घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने देखिन्छ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ।
बृष- लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यको नाफा गुम्न सक्छ। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। विश्वासपात्रले अन्त्यमा धोका दिन सक्छन्।
मिथुन- कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले पनि अवसर दिलाउन सक्छ।
कर्कट- परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। नयाँ काममा शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।
सिंह- आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। पछिको फाइदाका लागि केही त्याग वा लगानी गर्नुपर्नेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।
कन्या- दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
तुला- विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
बृश्चिक- अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। तापनि प्रयत्न गरेका काम सम्पादन हुनेछन्। मिहिनेतले अध्ययनमा राम्रो नतिजा दिलाउनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
धनु- असमझदारीका बीच साझेदारसँग सम्झौता गर्नुपर्ला। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। घर–परिवारमा विवाद आउने समय छ। तर शुभचिन्तकहरूको साथ जुट्नाले काम चिताएका बनाउन सकिनेछ।
मकर- नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ।
कुम्भ- अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। हिसाबकिताबमा पनि विवाद आउन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ।
मीन- अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला।
स्रोतः नेपाली पात्रो