कक्षा १२ को नतिजा आज प्रकाशित हुँदैः यसरी थाहा पाउन सकिन्छ नतिजा

काठमाडौँ- राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागेको छ ।

नतिजा प्रकाशनका लागि अहिले बैठक बसिरहेको र केही समयमै प्रकाशित गरिने परिक्षा बोर्डले जनाएको छ ।

यो वर्ष पहिलो पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गर्न लागिएको छ।

यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए।

यसरी थाहा पाउन सकिन्छ नतिजा-

नतिजा सार्वजनिक भैसकेपछि शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेभसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।