कक्षा १२ को नतिजा प्रकाशित, नियमिततर्फ दुई लाख ९९ हजार ६७५ उत्तीर्ण

काठमाडौं : कक्षा १२ को नतिजा प्रकाशित भएको छ।

नतिजा प्रकाशनका लागि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा प्रकाशित गरेको हो ।

सबै संकायमा गरेर १२ को नियमित परीक्षामा दुई लाख ९९ हजार ६७५ जना उत्तीर्ण भएका छन्। आंशिक परीक्षातर्फ एक लाख १७ हजार ४१४ जना उत्तीर्ण भएका छन्।

नतिजा सर्भरमा अपलोड भइरहेको छ। केहीबेरमा सबैले नतिजा हेर्न सक्नुहुन्छ।

यसरी थाहा पाउन सकिन्छ नतिजा-

नतिजा सार्वजनिक भैसकेपछि शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेभसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।