कलंकीको अन्डर पासः निमार्ण सम्पन्न भएपनि मंसिरसम्म सञ्चालनमा नआउने

काठमाडौं- कलंकीको अन्डर पास निमार्णको अन्तिम चरणमा पुगेको छ । ९९ प्रतिशत काम सकिएको बताउने यस अन्डरपासमा भने अहिले सवारी गुड्न नपाउने भएका छन् ।

निमार्ण कम्पनीका अनुसार अहिले निमार्ण भइरहेको कलंकी-कोटेश्वर सडक पुरा गरिसकेपछि एकसाथ अन्डरपास संचालन गर्ने भएकोले अहिले उक्त अन्डरपासमा सवारी साधन गुड्न नपाउने भएका हुन् ।

यस अन्डरपासको काम जुलाई २०१८ अगावै सक्ने लक्ष्य थियो तर भूकम्प, नाकाबन्दीका साथै बिजुली, खानेपानी, टेलिफोनलगायतको तार र पाइप व्यवस्थापनका कारण ढिलाइ अहिले सम्म पूर्ण रुपमा निमार्ण सम्पन्न हुन सकेको छैन ।

नेपालकै पहिलो अन्डरपास लम्बाइ आठ सय मिटर लामोछ । चीनको अनुदान सहयोग र चिनियाँ कम्पनी ुदी थर्ड रेल्वे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुप कर्पोरेसनुको डिजाइनअनुसार उक्त अन्डरपासु चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले निर्माण गरेको हो ।

अन्डरपास बनेपछि बल्खुबाट स्वयम्भु जाने गाडी सोही अन्डरपासबाट जानेछन् भने थानकोटबाट काठमाडौं भित्रिने गाडी अन्डरपास माथिबाट गुड्नेछन् । यसबाट कलंकीको जाम हट्ने अपेक्षा गरिएको छ ।