गुल्मीदरबार गाउँपालिकामा डिजिटल वडापत्र
गुल्मी । गुल्मीदरबार गाउँपालिकाले आफ्नो कार्यालयमा नागरिक वडापत्र डिजिटल प्रणालीमा जडान गरेको छ । जानकारीमा आए अनुसार यस कार्यबाट सो गाउँपालिकाले ५ नंबर प्रदेशकै पहिलो डिजिटल नागरिक बडापत्र राख्ने गाउँपालिकाको बनेको छ ।
सूचना अधिकृत सुरेशकुमार खनालले गाउँपालिकाका जनता सूचनाको हकबाट वञ्चित नहुन् भन्ने उद्देश्यले यो बडापत्र जडान गरिएको बताउनु भयो । साथै उहाँले सूचना प्रविधिको विकाससँगै आएको यो प्रविधि जडानले यहाँका जनतालाई सूचना प्रवाहमा थप प्रभाव पार्ने विश्वास गरिएको छ भन्नुभयो ।