संसदीय सुनुवाई समिति बैठक आजः अनुमोदित होलान् त जोशी ?
काठमाडौँ- निर्णय प्रक्रिया पटक–पटक सारिएको संसदीय सुनुवाइ समितिको बैठक आज पुनः बस्दैछ।
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी सुनुवाइ सम्पन्न भए पनि अनुमोदनसम्बन्धी निर्णय हुन सकेको छैन। शुक्रबार बिहान १० बजे समिति बैठक बोलाइएको छ।
जोशीले सुनुवाइ समितिमा गरेको पेस गरेको कार्ययोजनासँग असन्तुष्ट समिति प्रमाणपत्र विवादपछि थप छलफलमा छ। तर, पछिल्ला बैठकहरुमा सत्तारुढ र प्रतिपक्ष दुबै दलका सांसद्हरुले पार्टीभित्र आन्तरिक परामर्शका लागि बैठक सारिएको बताउँदै आएका छन्।
सत्तारुढ दल नेपाल जोशीको विपक्षमा उभिएको छ भने कांग्रेस पक्षमा छ।
बुधबारको बैठकमा निर्णय प्रक्रिया अघि बढाउने भनिए पनि कांग्रेसले असहमति राखेपछि प्रक्रिया रोकिएको थियो।
कांग्रेसको चेतावनीपछि सहमतिका लागि भन्दै बैठक दुई दिनका लागि सारिएको थियो।