नेदरल्यान्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा नेपालको सानदार जित
काठमाडौं- नेपालले एकदिवसीय क्रिकेटमा सानदार जित हासिल गरेको छ। नेदरल्यान्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा नेपालले १ रनकले जित हासिल गर्दै एकदिवसीय सिरिज बराबरी गरेको छ। अन्तिम ओभरको अन्तिम बलमा २ रन भएको बेला कप्तान पारस खड्काले रनआउट गर्दै नेपाललाई एक रनले जित दिलाएका थिए।
नेपालको जितमा सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने ललित भण्डारीले पनि२ विकेट लिएका थिए। त्यस्तै कप्तान पारस खड्का, सोमपाल कामी, र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए।
नेदरल्यान्ड्सका लागि विसली वारेसीले सर्वाधिक ७१ रन बनाए भने डेनियल टेरले ३९ रन बनाएका थिए। त्यस्तै पिटर सिलरले २१ र बेन कुपरले १९ रन बनाएका थिए।
यसअघि नेपालले टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ४८।५ ओभरमा अलआउट हुदै २१६ रन बनाएको थियो।
नेपालका लागि सोमपाल कामीले ४६ बलमा ६१ रन बनाएर नेपालको पारीलाई सम्हालेका थिए। नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा सोमपालले ३८ बलमा आफ्नो अर्धशतक प्रहार गरेका हुन् । सोमपाल नेपालका तर्फबाट एकदिवसीय खेलमा अर्धशतक बनाउने तेस्रो खेलाडी बनेका छन्। यस अघि ज्ञानेन्द्र मल्ल र पारस खड्काएल नेपालका लागि अर्धशतक हानेका छन्। उनले ३ छक्का र ४ चौकाको साहयताले आफ्नो अर्धशतक पुरा गरेका हुन्।
त्यस्तै कप्तान पारस खड्काले आफ्नो अर्धशतकीय पारीमा २ छक्का र ६ चौका हानेर नेपाललाई सम्मानजनक रुपमा पुर्याउन सहयोग गरेका थिए । पारस ५१ रन बनाएर आउट भए। उनले खेलेको दोस्रो एकदिवसीय खेलमा अर्धशतक हाने । यस अघि खेलेको पहिलो एकदिवसीय खेलमा खड्काले १२ रन बनाएका थिए। कप्तान खड्का नेपालका लागि एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्। यस अघि पहिलो एकदिवसीय खेलमा उपकप्तान ज्ञान्नेद्र मल्लले अर्धशतक हानेर नेपालका लागि पहिल अर्धशतक हान्ने खेलाडी बनेका थिए। कप्तान पारस र आरिफले ४७ रनको साझेदारी गरेका थिए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सुबास खकुरेलले १९(१९ रन बनाए भने आरिफ शेखले १६ र उपकप्तान ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भएका थिए। त्यस्तै रोहित पौडेलले ६, अनिल कुमार शाहएल ४ र बसन्त रेग्मीले एक रन बनाएका थिए । त्यस्तै सन्दीप लामिछानेएल ८ र ललित भण्डारीले नट आउट ४ रन बनाएका थिए।
नेपाललाई कम रनमा आउट गर्ने क्रममा नेदरल्यान्ड्सका बलर फ्रेड कलासेनले ३ विकेट लिए भने पिटर सिलर र मिचेल निप्पनले २(२ तथा शेन स्नेटर र पाउल भानले एक(एक विकेट लिएका थिए ,
रोहित एकदिवसीय खेल्ने विश्वको चौथो खेलाडीः
नेपालबाट नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय खेलमा डेभ्यु गरेका रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै चौथो कम उमेरमा खेल्ने खेलाडी बनेका छन् ।
नेदरल्याण्ड्ससँगको पहिलो खेलमा घाइते भएका शरद भेषावकरको स्थानमा अहिले भैरहेको खेलमा खेलेका रोहित १५ वर्ष ३ सय ३५ दिनको उमेरमा मैदान उत्रिएका हुन् ।
सबैभन्दा कम उमेरमा एकदिवसीय क्रिकेट खेल्ने खेलाडी भने पाकिस्तानका क्रिकेटर हसन राजा हुन् । उनले १९९६ मा जिम्बावेविरुद्ध १४ वर्ष २ सय ३३ दिनको उमेरमा एकदिवसीय खेलमा डेब्यू गरेका थिए । त्यस्तै यस सुचिमा दोस्रोमा केन्याका गुरदिप सिंह रहेका छन् । उनले २०१३ मा अफगानिस्तानविरुद्ध १५ वर्ष २ सय ५८ दिनको उमेरमा खेलेका थिए । तेस्रोमा क्यानडाका नितिश कुमारले २०१० मा अफगानिस्तानविरुद्ध २ सय ७३ दिनको उमेरमा एकदिवसीय खेलमा डेब्यू गरेका थिए ।
नेपालका लागि एकदिवसीय खेलम डेभ्यु गरेका रोहित ६ रन बनाएर आउट भएका छन्। कुल १५ बल खेलेका रोहितले एक चौका हानेका थिए।