साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना
काठमाडौं- रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा १८ को मृत्यु भएको छ ।
रुसी आपतकालिन मन्त्रालयका अनुसार एमआई(८ हेलिकप्टर स्थानीय समय अनुसार बिहान १०ः२० मा साइबेरियाको उत्तर पश्चिमी क्रासोनास्क क्षेत्रमा दुर्घटनामा परेको थियो ।
इगार्खा शहरभन्दा १८० किलोमिटर टाढाको दुरीमा भएको दुर्घटनामा १५ यात्रु र ३ चालकदलका सदस्य सहित सबै १८ जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टरले एक आयल स्टेशनमा काम गर्ने कामदार बोकेको थियो ।
दुर्घटनाको छानबिन भइरहेको छ । प्रारम्भिक अध्ययनअनुसार हेलिकोप्टर उड्नासाथै अर्को हेलिकप्टरले बोकेको कार्गोसँग हेलिकप्टरको प्रोपेलर ब्लेड ठोक्किएको थियो ।
रुसको यातायात मन्त्रालयले भनेको छ, ‘दोस्रो हेलिकप्टर भने सुरक्षित रुपमा अवतरभयो र उक्त घटना हुदा मौसमी अवस्था सामान्य थियो ।