एनसेलको नयाँ योजना ‘फुच्चे प्याक’

काठमाडौं– एनसेलप्राइभेट लिमिटेडले डेटा सेवाअन्तर्गत आफ्ना ग्राहकका लागि ‘फुच्चे प्याक’ ल्याएको छ । ग्राहकले यो प्याकअन्तर्गत कर बाहेक मात्र ५ (कर सहित रु ६.३८) रुपैयाँमा २५ एमबी डेटा भोलुमको मजा लिन सक्नेछन् ।

फुच्चे डेटा प्याकयहि आइतबार (श्रावण २०) देखि लागू हुनेछ । यस डेटा प्याकअन्तर्गतको २५ एमबी डेटा ग्राहकले एनसेलको कुनै पनि नेटर्वक टुजि, थ्रिजि तथा फोरजिमा बिहान ५ देखि बेलुका ५ बजे सम्मप्रयोग गर्न सक्नेछन् ।

ग्राहकले आफ्नो म्यासेजबक्समा ५ (अग्रेजी अंक पाँच) टाइप गरि १७१२३ मा एसएमएस पठाइ फुच्चे प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याक सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ ।

सानो भोलुमको डेटा प्याक चलाउन चाहने ग्राहककालागि मात्र ५ रुपैयाँमा डेटा प्याकले ग्राहकलाई आफ्नो साथीभाई तथा परिवारसँग सम्पर्कमा रहिरहन मद्दत पुर्याउने विश्वास लिइएको एनसेलले जनाएको छ ।

एनसेलले ग्राहकको मागअनुरुप सही, दामी तथा राम्रो डेटा प्याक अन्तर्गत विभिन्न भोलुमको डेटा प्याकहरु उपलब्ध गराउँदै आएको छ । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुरुप एक दिने, तिन दिने, साप्ताहिक तथा मासिक कुनै पनि डेटा प्याक सुचारु गर्न सक्दछन् ।