विवेकशील साझा पार्टीभित्र ब्यापक असन्तुष्टी
काठमाडौं- विवेकशील साझा पार्टीभित्र ब्यापक असन्तुष्टी देखिएको छ ।
विवेकशील साझाले शनिबार गरेको प्रदेश ३ का जिल्ला संयोजकहरु घोषणा कार्यक्रम गरेसँगै युवाहरुको एउटा समूहले व्यापक असन्तुष्टि जनाको हो ।
उक्त असन्तुष्ट समूहले विरोध गर्न थालेपछि उनीहरुलाई बोल्न दिइयो तर बेल्न पाएका एक युवाले नेतृत्वले रातारात जिल्ला संयोजक तोकेको, गलत प्रवृत्तिका मानिसहरुलाई पार्टीमा प्रवेश गराएको आरोप लगाए ।
टीका लगाएर नभई लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व छान्न पाउनु पर्ने असन्तुष्ट पक्षको माग थियो ।
कार्यक्रममा प्रवक्ता सूर्यराज आचार्यले आफूहरु पदका लागि राजनीतिमा नआएको अभिब्यक्ति दिएपछि असन्तुष्टि पक्ष झन् आक्रोशित भयो र होहाल्ला गर्दै विरोध जनायो।
स्थिति तनावग्रस्त भएपछि संयोजक रविन्द्र मिश्रले कार्यक्रम स्थगित भएको घोषणा गरे ।