काँडाघारीबाट बालक अपहरण: अपहरणमा संलग्न २ जना पक्राउ

काठमाडौं- आइतबार साँझ काँडाघारीबाट बालकको अपहरण भएको छ ।

काँडाघारीबाट वर्ष ११ का निशान खड्काको अपरहण भएको हो ।

आइतबार साँझबाट हराइरहेका बालकको अपहरण भएको जानकारी सोमबार बिहान मात्रै प्राप्त भएको हो ।

अपहरणकारीले सोमबार बिहान मात्र निशानको परिवारलाई सम्पर्क गरी निशान अपहरणमा परेको जानकारी टेलिफोन दिएका थिए । त्यसलगत्तै अपहरणकारीले ४० लाख रकम फिरौती मागेको थियो ।

यसैबीच बालक निशान खड्काको अपहरणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अपहरणकारीलाई भक्तपुरको सानो ठिमी क्षेत्रबाट नियन्त्रणमा लिएको दाबी गरिएको छ ।

अपहरित बालकको स्थिति भने अझै अज्ञात नै छ।