डा. गोविन्द केसी डिस्चार्ज
काठमाडौं- अनशन तोडेर १३ दिनअघि अस्पताल भर्ना गरिएका डा. गोविन्द केसी डिस्चार्ज भएका छन् ।
६ दिन लामो आईसीयूको बसाइ र एकसाता अस्पतालमा भर्ना भई उपचार गराएका डा. केसीको स्वास्थ्यमा पूर्ण सुधार आएपछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
यसैबीच १३ दिनसम्म सरकारले सम्झौताअनुसार कार्य नगरेको भन्दै डा. केसीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै यस विषयमा जानकारी गराउन आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेका छन् ।
२७ दिन लामो अनशन बसेका डा. केसीका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै सरकारले लिखित सहमति गरेपछि उनले साउन १० गते राति अनसन तोडिएको थियो ।
|