अलबिदा दाहाल यज्ञनिधी
काठमाडौं- रेडियो नेपालमा लामो समय ‘जदौ’ अभिवादन गर्दै झर्रा नेपाली भाषामा साहित्यिक कार्यक्रम चलाउनु भएका दाहाल यज्ञनिधि हामी माझ रहनु भएन ।
कार्यक्रमममा आउँदा जॉदा लाउला पिरती भनेर मैझारो मार्ने उहॉको महाप्रस्थानको खबरले स्तब्ध तुल्याएको छ । उहॉ लामो समयदेखि मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो । उहॉको निधनबाट नेपाली साहित्यमा अपूर्णनीय क्षति पुगेको छ ।
साहित्यिक कार्यक्रममार्फत नेपाली पत्रकारिताको क्षेत्र विस्तार गर्न जीवनपर्यन्त लागिपर्नु भएका स्रष्टा दाहाल यज्ञनिधिप्रति भावपूर्ण श्रदाञ्जली । जदौ !!! जदौ !!! जदौ !!!