क्याम्पस प्रमुखको कार्यकक्षमा बिप्लवको ताला

कैलाली- प्रदेश नम्बर सातको सबैभन्दा ठुलो शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा विप्लव निटक अखिल (क्रान्तिकारी) ले ताला लगाएको छ ।

कैलाली वहुमुखी क्याम्पसलाई विश्वविद्यालयको आंगिक नबनाएको भन्दै क्याम्पस प्रमुख पदमराज जोशीको कार्यकक्षमा ताला लगाइएको हो ।

यसअघि क्रान्तिकारीले कैलाली वहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक बनाउन माग गर्दै १५ गते १० दिने अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिए पनि आंगिक नबनाएको भन्दै तालाबन्दी गरिएको क्रान्तिकारीले जनाएको छ ।