जनप्रतिनिधिले पार्टीमा कार्यकारी पद नपाउने नेकपाको निर्णय
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सरकार, संसद र स्थानीय तहको महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिले पार्टीको कुनै पनि कमिटीको कार्यकारी पदको जिम्मेवारी नपाउने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिले पार्टीको कार्यकारी पद नपाउने गरी निर्णय गरेको हो ।
तर प्रधानमन्त्री, पार्टी अध्यक्ष, संघीय संसदीय दलको नेता र उप नेताको हकमा भने यो मापदण्ड लागू हुने छैन । सचिवालय बैठकको निर्णयबारे जानकारी दिंदै उनले भने, ‘साङ्गाठनिक एकीकरण सहज बनाउन सङ्घीय मन्त्री, प्रदेशका मन्त्री, सङ्घीय प्रमुख सचेतक, सचेतक, प्रदेशका प्रमुख सचेतक, सचेतक, मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष कसैलाई पनि पार्टीको कार्यकारी पद नदिने निर्णय भएको छ ।’