मुसिकोट नगरपालिकाले दियो नगर भित्रै अकर्षक रोजगार !

 गुल्मी -यहाँका महेश सुनार लामो समय देखि बैदेशिक रोजगारको लागि दुवई पुगेका थिए ।
दुवईबाट छुट्टिमा घर आएका उनलाई गाउँ मै दिनको साढे सात सय कमाउन सक्ने बातवारण गुल्मीको मुसिकोट नगरपालिकाले बनाई दिएपछि यतिबेला डकर्मी काममा लागेका छन् ।
मुसिकोट नगरपालिका–३, त्यसै चुँदरी गाउँका कमल सुनार ऋण खोजेर कि विदेश जाने कि त भारत तिर जाने योजनामा थिए । उनलाई यहाँका जनप्रतिनिधिले भने, ‘काम खोज्न किन बाहिर जानु प¥यो यतै डकर्मी सिकर्मी वा तिमीहरुले रोजेको तालिम लेउ । बाहिर कमाउने पैसा यहि बसेर कमाईन्छ ।’
जनप्रतिनिधिहरुले सो कुरा बताएको केहि दिनपछि उनी डकर्मी, सिकर्मीको तालिममा गए । ‘अहिले साईलाबा, कान्छाबा र म सहित हाम्रो गाउँबाट भुकम्पले भत्केका घर निर्माणमा दैनिक साढे सात सयका दरले महिनाको बिस एक्काईस हजारसम्म कमाउँछौं, यत्तिको भए पछि घर चल्ने देखियो ।
’ त्यस वडाध्यक्ष कर्णध्वज जिसीका अनुसार त्यस वडामा अहिले रोजगारीका अन्य वातवरण पनि सिर्जना गरिदैछ । उनले भने– ‘नेपाल रेडक्रश सोसाईटीले पनि त्यहाँका २० जनालाई डकर्मी, सिकर्मी तालिम दिएर स्वरोजगार बनायो ।
गत वर्ष नगरपालिकाले करिब पाँच सय जनालाई एक हप्ते सिकर्मी डकर्मी र प्लम्विङ तालिम दिलायो र भुकम्पले क्षतिग्रस्त घर नगरपालिकाले बनाउने भौतिक पुर्वधारमा लगाउने भएको छ ।’ त्यसका अलवा कार्यभार सम्हाल्न् साथ त्यस नगरपालिकाले एक वडामा ६ जनाका दरल लेन्थ वर्कर राख्यो ।
जसले गर्दा ९ वटा वडामा अति विपन्न परिवार छानेर ५४ जनालाई प्रत्यक्ष रोजगार दिलाईएको छ । उनिहरुले जनही मासिक १२ हजार तलब खान्छन । वडा नम्वर ७ का वडाध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक प्रकाश काफ्लेका अनुसार यस चालु आर्थिक वर्षमा डकर्मी, सिकर्मी, वाईरिङ्ग, पलम्वीङ्ग र ड्राईभिङ्ग तालिम करिव हजार जनालाई दिलाउने गरी रकमको ब्यवस्था गरिएको छ ।
नगर भित्र गरिने सवै प्रकारका कामदारहरु बाहिरबाट नल्याउने गरी नगर भित्र जनशक्ति विकास गर्ने नगर कार्य समितिले अवधारणा बनाएको छ । आगमी पाँच वर्ष भित्रमा रोजगारीका लागि कोही बाहिरिन नपरोस भन्ने लक्ष्यका साथ आफुहरु अगाडी बढेको नगर प्रमुख सोमनाथ सापकोटाले बताए ।
उनले कुनै किशान मजदुरहरु बेरोजगार बस्नु परेमा सिधै नगरपालिकामा निवेदन दिन आए नगरपालिकाले नागरिकको अधिकारका रुपमा उजुरी ठानेर रोजगारी दिईने प्रतिबद्धता जनाए । त्यस्तै किशानका लागि विउँ विजन, मल, तालिम र अनुदानको ब्यवस्था गरिए पछि त्यस नगरले भने झै पाँच वर्ष भित्रमा बैदेशिक रोजगारमा जानेहरुको संख्या कम हुने देखिन्छ ।
मन्त्री एवं त्यस क्षेत्रका सांसद गोकर्णराज विष्टले स्थानीय तह मै रोजगारीको शुनिश्चिता हुने गरी रकम विनियोजित निर्वाचन क्षेत्रका सवै स्थानीय तहका जनप्रतिनिधिहरुलाई विशेष आग्रह गर्दै आएको मेयर सापकोटा लगाएतले बताउँदै आतएक छन् । प्रेम सुनार