गल्कोट समाज जापानका अध्यक्षलाई वधाई तथा शुभकामना

जापान- गल्कोट समाज जापानको अध्यक्षमा दिलु खत्रीलाई गुल्मेली समाज जापानले बधाई दिएको छ ।

समाजको पाँचो अधिबेशनले खत्रीलाई अध्यक्ष बनाएपछि गुल्मेली समाज जापानले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।

बधाई तथा शुभकामना दिदैं गुल्मेली समाज जापानका कार्यवाहक अध्यक्ष  ध्रुब बस्नेत तथा समाजका सम्पूर्ण पदाधिकारीहरुले गुल्मी र बाग्लुङबीचको आपशी भाइचार र सौहार्दतालाई अझै उचाइमा पुर्याउन सहयोग मिल्ने बताए ।

गुल्मी र गल्कोट बासीको मात्र नभइ समग्र जापानमा रहने नेपालीहरुमा पनि यस समाजले हरेक पल सहयोग र साथ प्रदान गर्नुपर्नेमा गुल्मेली समाज जापानका  कार्यबाहक अध्यक्ष ध्रुब बस्नेतले resungatoday.com लाई फोन मार्फत जानकारी गराउनु भयो।