मेयर भीम पराजुलीलाई लक्षित गर्दै बम प्रहार भएको घटनाको नेपाली कांग्रेसद्वारा निन्दा र भत्र्सना
विराटनगर- विराटनगर महानगरपालिका मेयर भीम पराजुलीलाई लक्षित गर्दै आज अपरान्ह २ बजे उहाँको कार्यकक्ष बाहिर अज्ञात समूहले बम विष्फोट गराई क्षति पु¥याएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।
बम विष्फोटबाट एक जना सख्त घाइते भएका छन् भने कार्यालयको सोफा, सिसा, पार्किङमा राखिएको सवारी साधानमा समेत क्षति पुगेको छ । यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।
उक्त घटनामा संलग्न अपराधीहरुको तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेको उचित उपचारका लागि सरकारसँग नेपाली कांग्रेस माग गर्दछ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
मुख्य सचिव
कृष्णप्रसाद पौडेल
श्रावण २७, २०७५