यी हुन् केपी सरकारका ५ महिने उपलब्धिहरु (सूची सहित)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, सार्वजनिक मितव्ययिता, विकास निर्माणमा ढिलासुस्ती र औचित्यहीन भ्रमणमा नियन्त्रण लगायतका बिषयलाई उपलब्धीको रुपमा उल्लेख गरेको छ ।

सरकारले आफ्नो पाँच महिने उपलब्धीमा सरकारले ५ महिनाको अवधिमा ९० वटा तुइन विस्थापित गरेको पनि जनाइएको छ । भेरी बबई डाइभर्सनको ६ किलोमिटर सुरुङ निर्माण, काठमाडौं तराई फास्ट ट्रयाकमा १९ हजार रुख काटिनु, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोटलाई पनि सरकारले आफ्नो उपलब्धीमा राखेको छ ।

डुवान समस्याको दीर्घकालीन समाधान, जलमार्गको स्थलगत अध्ययन, लक्ष्यभन्दा बढी राजस्व संकलन, विकास खर्चमा वृद्धि लगायतको विषयलाई पनि उपलब्धीको रुपमा उल्लेख गरिएको छ ।

नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबासु रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम सकिएको, मुग्लिनमा त्रिशुली नदीमा आर्कब्रिज अन्तिम चरणमा पुग्नुलाई पनि सरकारले उपलब्धीमा राखेको छ । नागढुंगामा सुरुङ मार्ग निर्माण हुनुलाई पनि सरकारको उपलब्धीको सूचीमा राखिएको छ ।

केपी सरकारका ५ महिने उपलब्धिहरुः हेर्न को लागि यहाँ क्लिक गर्नुहोस्