सरकारले कुन दिन मान्छेमा पनि कर लगाउँछः सांसद त्रिपाठी

काठमाडौं-  सांसद हृदयेश त्रिपाठीले जथाभावी कर लगाइएकोमा आपत्ति ब्यक्त गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा त्रिपाठीले सरकारले केन्द्र देखि गाउँसम्मकर बढाइएको प्रति विरोध जनाएका हुन्। त्रिपाठीले भने, ‘स्याङ्जामा ज्योतिष सेवामा पनि २ हजार कर तिर्नुपर्ने भएछु, ज्योतिषलाई आफ्नो भविष्य पनि थाहा भएन। अब कुन दिन मान्छेमा पनि कर लाग्ने हो ।’

उनले संघीयतालाई करकै कारण बदनाम गर्न खोजिएको बताए। ‘यो संघीयताको होइन, कर प्रणाली र शैलीको विफलता देखाउने’ त्रिपाठी भनाइ थियो।

उनले मनोमानी ढंगले कर लगाएको भन्दै विरोध जनाए।