सामान्य प्रशासन मन्त्रालयका उपसचिव सिंहदरबारमै कुटएपछि…

काठमाडौं- कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपातको प्रयास गरेका छन् ।

तत्कालीन नेकपा एमाले निकट निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले अधिकृत सरुवा नगरेको भन्दै मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई मुक्का प्रहार गरेका हुन्।

‘सरुवाको लिष्ट आफूअनुकूल नभएपछि विवाद भएछ’ मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले  भने,’आचार्यमाथि मुक्का प्रहार गर्नुका साथै कुर्सी उचालेर हान्न खोजियो। गमला फुटाइएका छन्।’

अफुनिकटका केही कर्मचारीको सरुवाको सुची लिएर भण्डारी आईतबार दिउँसो ४ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगेका थिए ।