जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा जनताले सिधै प्रश्न राख्न पाउने

काठमाडौं – ‘ पाक्षिक रुपमा प्रसारण हुँदै आएको कार्यक्रम “जनतासँग प्रधानमन्त्री” भोलि बुधबारदेखि हरेक हप्ता प्रत्यक्ष प्रसारण हुनेभएको छ ।

बुधबारदेखि उक्त कार्यक्रम नेपाल टेलिभिजन, एपीवान एचडी, हिमालय टेलिभिजन, एबीसी टेलिभिजन र जनता टेलिभिजनमा राती ९ बजेदेखि १० बजेसम्म प्रत्यक्ष प्रसारण हुने कथा नेपालले जनाएको छ ।

साथै ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको फेसबुक पेज र ‘हाम्रो कथा’ युट्युब च्यानलबाट पनि प्रत्यक्ष प्रसारण हेर्न सकिने पनि बताइएको छ । कथा नेपालले निर्माण गरिरहेको कार्यक्रम साउन २ र साउन १६ गते रेकर्ड गररेर प्रसारण गरिएको थियो ।

यसपटकदेखि कार्यक्रममा दर्शकले टेलिफोन तथा सामाजिक सञ्जालहरु फेसबुक र ट्विटरमार्फत प्रधानमन्त्रीसमक्ष सिधै प्रश्न राख्न पाउने व्यबस्था मिलाईएको छ ।

टेलिफोन मार्फत प्रश्न राख्न कार्यक्रम सुरु भएपछि नेपाल टेलिभिजनको फोन नम्बर ०१–४२००५१२ र ०१–४२००५१३ मा फोन गर्नुपर्नेछ भने ‘जनतासँग प्रधानमन्त्री’को फेसबुक पेज तथा ट्विटरबाट पनि प्रश्न तथा आफ्नो गुनासो राख्न पाईने व्यबस्था मिलाईएको  छ ।