झापाबाट ५ बन्दकर्ता पक्राउ

भद्रपुर- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पार्टीका मेची ब्युरो सदस्य साथै अखिल ९क्रान्तिकारी०का मेची ब्युरो संयोजक ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका २६ वर्षीय राजु दास, इलाम जिल्ला इञ्चार्ज, देउमाई नगरपालिका, सिद्धिथुम्काका २५ वर्षीय जीतमान राई, ताप्लेजुङ सिदिङवा गाउँपालिका–४ साब्लाखुका २५ वर्षीय असल पन्धाक लिम्बु, झापा कचनकवल गाउँपालिका, पथरियाका ४३ वर्षीय देवी खड्का र इलामका ४८ वर्षीय प्रेम चापागाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट चन्दा रसिद र पर्चा, दस्तावेज समेत बरामद गरेको जनाइएको छ। प्रहरीले दास र लिम्बुलाई दमकबाट, खडकालाई कचनकवल, राई र चापागाईलाई बिर्तामोडबाट पक्राउ गरेको हो। पक्राउ परेका पाँचै जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ।