नेकपाका प्रवक्तालाई ४८ घण्टाभित्र उपस्थित गराउन सर्वाेच्चको आदेश

काठमाडौं –  सरकारले नेत्रविक्रम चन्द निकट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा लाई चन्दा उठाएको आरोपमा पक्राउ गरेको थियो ।
आइतबार खड्गबहादुर विश्वकर्माको तर्फबाट नगेन्द्रबहादुर सिंह विश्कर्माले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द गौतम, शेरबहादुर केसी, विश्वप्रकाश भण्डारी, एकराज भण्डारी, हरि फुयाँललगायत १३ जनाले बहस गरेका थिए ।
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।