मन्त्रीले दैनिक, प्रधानमन्त्रीले सातामा एकपटक जबाफ दिनुपर्ने

काठमाडौं प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले साताको एकपटक र अन्य मन्त्रीले दैनिक जबाफ दिनुपर्ने भएको छ।

तिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको सोमबारको बैठकले अबको प्रत्येक आइतबार प्रधानमन्त्रीसँग संसद्मा प्रश्नोत्तर हुने र आइतबार र शनिबारबाहेक सबै दिन मन्त्रीसँग प्रश्नोत्तर हुने मापदण्ड बनाएको हो ।

प्रधानमन्त्रीसँग प्रत्येक आइतबार प्रश्नोत्तर हुने र मन्त्रीसँग सोमबार, मंगलबार, बुधबार, बिहीबार र शुक्रबार गरी ५ दिन प्रश्नोत्तर हुनेछ ।

आइतबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर भएपछि २१ मन्त्रालयअन्तर्गत सोमबार रक्षा, परराष्ट्र, शिक्षा विज्ञान प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रीसँग प्रश्नोत्तर हुनेछ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या, श्रम रोजगार तथा सामाजिक सुरक्षा, कानुन, न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्रीसँग प्रश्नोत्तर हुनेछ।

मन्त्रीलाई सदनप्रति जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको कार्यव्यवस्था परामर्श समिति सदस्य तथा कांग्रेस सचेतक पुष्पा भुषालले बताएको आजको नागरिक दैनिकमा समाचार छ।