हेलिकप्टरको पंखाको ठक्कर बाट भारतीय पर्यटकको मृत्यु

हुम्लाको – सिमिकोट विमानस्थलबाट हिम्जा नाका जान लागेको  मनाङ एयरलाइन्स कम्पनीको हेलिकप्टरको पंखाले लागेर मंगलबार भारतीय पर्यटकको मृत्यु भएको छ ।

मनाङ एयरको हेलिकोप्टरको पंखा (तेल रोटर)ले लागेर एक भारतीय नागरिक ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको   मृत्यु भएको छ।

सिमिकोटबाट हिल्सामा गएको होलिकोप्टर अवतरण भएपछि उत्रिने क्रममा मेहतालाई पंखाले लागेको हो  हेलिकोप्टरमा  सवार पाँचजना यात्रू सकुसल छन्। मेहता मानसरोबर यात्रामा जाँदै थिए।