नेपाल टेलिकमको प्रवन्ध निर्देशक राजभण्डारी बर्खास्त

काठमाडौं – मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा ६ असोजमा नियुक्त भएकी राजभण्डारीलाइ व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

उनलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका हुन ।