बन्दको मारमा विद्यालय

काठमाडौं मंगलबार विप्लव निकट माओवादीको बन्दको प्रत्यक्ष प्रभाव विद्यालयमा परेको छ । बन्दको कारण देशभरका सरकारी र निजी विद्यालय बन्द भएका हुन ।

सरकारले विद्यालय शान्ति क्षेत्र घोषणा गरेको सात वर्ष पुगिसक्दा पनि सरकारले पुर्णरुपमा कार्यान्वयनमा ल्याउन सकेको छैन ।
जसले गर्दा जोसुकैले बन्द घोषणा गरेपनि विद्यालय बन्द हुने गरेका छन् । मंगलबारको बन्दका कारण विहानी कलेज र विद्यालय पुगेका लाखौ विद्यार्थी बन्दको हल्ला भएपछि फर्किएका थिए ।
बन्दको कारण मुलुकभरका ३५ हजार सरकारी र निजी विद्यालयका करिब ७० लाख विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् । आजको नेपाल समाचारपत्रमा समाचार छ ।