नाग देवताको पूजा अर्चना गरि नागपंचमी मनाइदै
काठमाडौं – आज श्रावण शुक्ल पक्षको पंचमी तिथि आजका दिन नाग देवताको पूजा अर्चना गरि मनाइदै छ ।
नाग अकिंत चित्र र डोराहरु लिएर ब्राहमण पुरोहितहरु आआप्नो जजमानको घरको दैलामा गाइको गोबर, दूबो र डोरो लिएर नाग टाँस्ने गर्दछन ।
जसपाफत पुरोहितहरुले आआप्नो क्षमता अनुसार जजमानलाइ दक्षिणा र भोज गराउने प्रचलन छ । यसरी दैलो वा घरको मूल खम्बामा टासिने नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ ।
बैधिक दर्शनमा १२ वटा नागहरुको उपस्थिती पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्म, कम्बला, कारकोटा, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका, र पिङगला आदीका आजकै दिन पूजा गर्ने गरिन्छ । सर्पलाइ भगवान शंकरको गहनाका रुपमा पनि लिने गरिन्छ ।
पश्चिम नेपालमा नाग पञ्चमीको पहिलो दिन ब्राह्मणले कागजमा विभिन्न नागहरू नागहरूका चित्र हातले अथवा छाप ९स्टैम्प०मा छापेर यजमानका घर घरमा बाँड्दछन्। यसरी नागका चित्र बनाएको कागजमा चन्द्र, सूर्य, शङ्ख, चक्र, गदा, पद्म, माछा र बिछ्छीका चित्र पनि समावेस हुन्छन्।
साथै नागको पूजा गर्ने मन्त्र पनि यसै कागजमा लेखिएको हुन्छ। यदी ब्रामणले नाग न ल्याएमा आफैले बनाउने गर्छन् आफुले बनाउन जान्दैन भने अरू सँग बनाई माग्छन्। भोली पल्ट अथवा नाग पञ्चमीका दिन नागको पूजा गरेर घरको दैलोमा टाँस्ने गरिन्छ। नाग टाँसेर नागको प्राथना गर्ने गर्ने गरिन्छ ।