भदौ १ गते राजधानीका महिलाहरू सडकमा ओर्लिने
ललितपुर – राज्यले महिलालाई ‘दोस्रो दर्जा’ को नागरीको को हैसियतमा राखेको आरोपमा भदौ १ गते काठमाडौंका महिलाहरू सडकमा ओर्लिने भएका छन् ।
प्रतिनिधिसभामा छलफलका लागि पेस भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ ले नेपाली महिलालाई दोस्रो दर्जाको हैसियत दिएको विरोधमा महिला मानवअधिकार रक्षकहरू आन्दोलन गर्ने भएका हुन् भदौ १ गते राजधानीका महिलाहरू सडकमा ओर्लिने भएका छन् ।
उक्त विधेयकमा रहेको मुलुकी ऐनको दफा ८ को उप दफा १ खण्ड ९क २० मा रहेको ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको पुष्ट्याईसहित निज वा निजको आमाले स्वघोषणा गर्नुपर्ने’ व्यवस्थाले महिलाको अस्मिता, स्वतन्त्रता र अस्तित्वलाई अस्वीकार गरेको ठहर महिला मानवअधिकार रक्षकहरूको छ ।
यो विधेयकले २०६८ सालको जन गणना अनुसार लामो समयदेखि विभिन्न प्रकारका हिंसामा परि एकल आमाको हैसियतमा सन्तानको लालन पालन गरिरहेका एकल आमासँग हुर्केका ९ लाख सन्तानको आत्म सम्मानमा आघात पारेको आरोप महिलाहरूको छ ।
घुमाई फिराई जस्तो सुकै भए पनि बाबुको आवश्यकतालाई पुष्टि गर्ने, कानुनी रुपमा नै महिलालाई दोस्रो दर्जाका रुपमा स्थापित गर्दै महिलामाथि भईरहेका हिंसालाई नै सहयोग पु¥याउने देखिएकोले त्यसो हुन नदिन महिलाहरू सडकमा आउन बाध्य हुनुपरेको महिला मानवअधिकार रक्षक सञ्जालका केन्द्रीय अध्यक्ष डा. रेणु अधिकारीले बताइन् ।
दोस्रो दर्जाको रुपमा स्थापित गराउने गरि विधेयक भित्र यस्तो व्यवस्था राखेर छलफलका लागि प्रस्तुत हुनुले संविधानले दिएको महिला अधिकार समेत उल्लङ्घन भईरहेको स्पष्ट भएको पनि उनको आरोप छ ।
डा.अधिकारी भन्छिन्, ‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९ लाख बालबालिकाको आत्म सम्मानमा चोट पु¥याएको साँछी बस्नु हो ।’
महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले नागरिकता सम्बन्धी विधेयक भित्रको उक्त व्यवस्थाको विरुद्धमा सदनमा बोल्ने, लेख्ने, बिश्लषण गर्ने र सामाजिक सञ्जालमा बहस चलाउने सबैलाई धन्यवाद समेत दिएको छ ।
नागरिकता विधेयक भित्रको उक्त महिला र पुरुषका विचमा विभेद गरेर प्रस्तुत गरिएको विषयलाई परिमार्जन गरि समानताको आधारमा अन्तिम रुप दिईयोस् भनि दवाव दिनको लागि भोली भदौ १ गते बिहान साढे ११ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वरसम्म जाने जुलुसमा सहभागी हुन पनि सबैलाई अनुरोध गरिएको छ