परराष्ट्रमन्त्री ज्ञवाली अचानक किन पुगे भारत ?

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली शुक्रबार भारत पुगेका छन् ।  उनी भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन भारत पुगेका  हुन् ।

त्यसै गरि  प्रमुख विपक्षी दल नेपाली कांग्रेसको तर्फ बाट कार्यबाहक सभापतिसमेत रहेका उपसभापति विमलेन्द्र निधिपनि भारत  पुगेका छन्।

वाजपेयीको अन्त्येष्टिमा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली  र प्रमुख विपक्षी दल नेपाली कांग्रेसको तर्फ बाट कार्यबाहक सभापतिसमेत रहेका उपसभापति विमलेन्द्र निधिपनि सहभागी हुन लागेका हुन् ।

तीन पटक सम्म भारतको प्रधानमन्त्री बनेका वाजपेयीको ९३ वर्षको  उमेरमा बिहीबार दिउँसो नयाँ दिल्लीमा ब निधनबाट भएको थियो। उनी मधुमेह, मृगौलालगायतका समस्याले ग्रस्त बनेपछि विगत नौ हप्तादेखि भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा उपचाररत थिए।  उनको शुक्रबार दिउँसो ४ बजे अन्त्यष्टि गर्ने तयारी छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उप राष्ट्रपति भेन्काय नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरूले वाजपेयीको निधनप्रति शोक व्यक्त गरेका छन्।