प्रदेशको सीमांकन र नामांकनको काम अन्तिम चरणमा
कैलाली – साउन १४ गते नेकपाका प्रमुख सचेतक तारालामा तामाङको सयोजगत्वमा गठित समितिले सीमांकन र नामांकनको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
प्रदेश नम्बर ७ को सीमांकन र नामांकनको कामका लागि सुझाव संकलन गरी साउन २१ गते बैठकमा पेश गर्न निर्देशन दिइएको थियो ।
१ हप्ताको म्याद सकिँदा समेत नामाङ्करणको टुंगो नलागेपछि २ पटक म्याद थप गरेको समितिले नामांकरणको टुंगो लागिसकेको बताएको छ । तर यसपटक भने समयमै प्रतिवेदन बुझाउने सुझाव संकलन समितिको भनाइ छ ।
स्थान र नामांकरणको टुंगो लागिसकेकोले दुई गते आफूहरुले प्रतिवेदन पेश गर्ने बताइएको छ । सुझाव संकलन कार्य अन्तिम चरणमा पुगेकोले केही दिनभित्रै प्रतिवेदन बुझाउने तयारीमा समिति छ ।
पर्याप्त समय नभएको भन्दै थपिएको एक हप्ताको म्याद पनि सकिएपछि २ पटक लागि म्याद थपिएको थियो । दुई हप्ता बढी समितिले छलफल गरिसकेकाले प्रतिवेदन तयार गर्ने कार्य अन्तिम चरणमा रहेको छ ।
समितिले तराई र पहाडका नागरिकलाई चित्त बुझ्ने गरी नाम र राजधानीबारे प्रतिवेदन तयार पारिरहेको छ । तर प्रतिपक्षि दलका सांसद हरुले भने राजधानी नामांकरणको विषय गम्भीर भएकाले एक दुई हप्तामै यसको सही निर्णय गर्न नसकिने बताएका छन ।
समितिले प्रतिवेदन प्रदेशसभा बैठकमा बुझाउनुपर्ने हो । तर मगलबार समितिको म्याद पाँच दिनका लागि मात्रै थपिएको छ । थपिएको म्याद शनिवार सकिँदैछ । प्रदेशसभा बैठक भने भदौ ६ गते बस्ने छ ।
त्यसैले प्रदेश राजधानी र नामबारेमा सुझाव सकलन गरी तयार पारिएको प्रतिवेदन शनिबार सभामुख अर्जुनबहादुर थापालाई बुझाउने तयारी समितिको छ ।
नाम र राजधानीबारे आम सर्वसाधारणले निकै चासो लिइरहेका बेला संसदमा प्रतिनिधित्न गर्ने दल नेपाल कम्युनिष्ट पार्टी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले नाम र राजधानीबारे आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।
यद्यपी, प्रदेशको अस्थायी राजधानी धनगढीमा भौतिक सरचना निर्माणका लागि करोडौं रुपैयाँ खर्च भईसकेकोले धनगढीमै राजधानी बनाउनुपर्ने धारणा धेरैको रहेको बुझिएको छ ।
राजधानी दिपायल बनाउन डोटीका सांसदहरु एकमत
यसैबिच प्रदेश ७को राजधानी दिपायल बनाउन डोटीका सांसदहरु एकमत देखिएका छन । डोटीका सांसदहरुले दिपायललाई नै प्रदेश ७ को स्थायी राजधानी बनाउनुपर्ने अडान राखेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिहरुसहित सांसदहरुले प्रदेश राजधानी माग गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र समेत बुझाएका छन्
डोटी प्रदेश सभा ‘क’ बाट निर्वाति सांसद भरतबहादुर खड्का र समानुपातिक सांसदद्वय पूर्ण जोशी र अर्चना गहतराजले प्रदेश राजधानी दिपायल हुनु पर्ने मागको ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।