अविवाहित प्रमाणित गर्न पनि कर

कैलाली – मुलुकभर कर बृद्धिको बिरोध भइरहेका बेला कैलालीको गोदावरी नगरपालिकाले अविवाहित रहेको प्रमाणित गर्न २ सय ५० शुल्क तोकेको छ ।

अविवाहित रहेको सिफारिसका लागि नगरपालिकाले पनि सिफारिस चाहिने व्यवस्था गरेको छ ।
गोदावरी नगरपालिकाले वडा र नगरपालिकाबाट प्रदान गरिने सिफारीसमै तीन हजार सम्म कर लगाएको छ । अंगीकृत नागरिकता सिफारिसका लागि नगरपालिकाले सवै भन्दा बढि तीन हजार दस्तुर तोकेको छ ।

वैवाहिक अंगिकृत नागरिकता सिफारिसका लागि एक हजार ५ सय निर्धारण गरिएको छ ।

जन्मसिद्ध नाताले नागरिकता सिफरिस, वंशजको नाताले नागरिकता सिफारिसमा भने १÷१ हजार निर्धारण गरिएको छ ।

अंग्रेजीमा नाता प्रमाणित, अग्रेजीमा बसोबास प्रमाणित दस्तुर, अंग्रेजीमा बसोबास, जन्म, मृत्यु र विवाह सिफारिसमामा २ सय ५० दस्तुर तोकिएको छ ।

अस्थायी बसोबास प्रमाणितका लागि १ सय ५० निर्धारण गरिएको छ । नागरिकता फारामका लागि २० र घटना दर्ता का लागि ५० निर्धारण गरिएको छ ।