नुवाकोटमा पहिरोमा परेर चार भैसी र ७० बाख्रा पुरिए

नुवाकोट– नुवाकोटमा शुक्रवार साँझदेखि परेको अविरल वर्षाले पहिरो जादा तादी गाउँपालिकामा दुई घर पुरिएको छ ।

पहिरोले ४ भैसी, ७० बाख्रा, एक हल गोरु पुरिएको भएपनि घटनामा मानवीय क्षति भने नभएको बताइएको छ ।

तादी गाउपालिकाको वडा नं ५ नर्जामण्डपको आलडाडामा पहिरो खस्दा स्थानीय डोरबहादुर तामाङको नयाँ र पुरानो दुई घर पहिरोले पुरेको छ। छिमेकी मीनबहादुर तामाङको घर पनि पुरिएको छ ।

यस्तै बेलकोटगढी नगरपालिका वडा नं. ११ अमारे खोलामा बाढी आउँदा हरिभक्त तिवारीको भुकम्प अघि निर्माण भएको दुई वटा घर र पसल बगाएको छ ।

यसैगरी अविरल वर्षाकै कारण शिवपुरी गाउँपालकिा ६ स्थित थानाभज्याङमा मनोज लामा र डिल बहादुर तामाङको घर बाढीले बगाएको छ ।

नुवाकोटका प्रहरी प्रमुख एसपी बसन्त कुँवरका अनुसार विभिन्न स्थानहरुमा भएको क्षतिको विवरण संकलन भइरहेको छ ।