नेकपाका प्रवक्ता ‘प्रकाण्ड’ पुनः पक्राउ
काठमाडौं – चन्दा असुली गरेको आरोपमा २२ साउनमा पक्राउ परेका नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पुनः पक्राउ परेका छन् ।
प्रकाण्डका छोरा नरेन्द्रबहादुरले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
जसको सुनुवार्इ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो । आगजनीको
रिहा गर्न आदेश दिए लगत्तै उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।