बिम्स्टेकको चौथो शिखर सम्मेलनको प्रतीक चिह्न सार्वजनिक
काठमाडौँ – बिम्स्टेकको चौथो शिखर सम्मेलनको लागि तयारी तीब्र बनाएको परराष्ट्रमन्त्रालयले बिम्स्टेकको प्रतीक चिह्न सार्वजनिक गरेको छ ।
यही भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगाल खाडीको प्रयास प्रतीक चिह्न शुक्रबार सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठन भएको मूल समारोह समितिको गत बुधवारको बैठकबाट अनुमोदन भएपछि शुक्रबार सार्वजनिक गरिएको हो ।
नयाँ प्रतिक चिह्नमा सगरमाथा र समुद्रकोबीचमा बनाइएको हरियो र पहेँले रंगका अर्ध गोलो चिह्न रहेको छ । सो गोलाभित्र गोलोभित्रको बिम्स्टेकका सदस्य राष्ट्रहरूको झण्डा राखिएको छ ।